जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनल « Khabarhub

जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनल


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टिमका खेलाडीले गोलका लागि रोचक प्रतिस्पर्धा गरेका थिए । तर गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको हो । फाइनलमा पुगेको सुनसरीले भोलि हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलको विजेतासँग बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलको अन्तिम खेलमा मङ्गलबार रेड हर्ष फुटबल क्लब इलाम र रेड स्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो भने रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई २‐० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

दार्जिलिङकासहित यो पटक ८ टिम सहभागी प्रतियोगिता भदौ २० गते सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : ०९ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै