भारतसँग नेपालको प्रतिस्पर्धात्मक हार « Khabarhub

भारतसँग नेपालको प्रतिस्पर्धात्मक हार


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ रन र शोब्मन गिलले ६२ बलमा ६७ रन बनाए । नेपालका बलरहरुले कुनै पनि विकेट हात पार्न सकेनन् ।

यसअघि श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनाएको थियो ।

नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।

कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए ।दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए ।यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३३ विकेट लिए । जितसँगै भारत सुपर फोरमा प्रवेश गरेको छ । भने नेपाल प्रतियोगितबाट बाहिरीएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ११ : ५३ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि