भारतसँग नेपालको प्रतिस्पर्धात्मक हार « Khabarhub

भारतसँग नेपालको प्रतिस्पर्धात्मक हार


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ रन र शोब्मन गिलले ६२ बलमा ६७ रन बनाए । नेपालका बलरहरुले कुनै पनि विकेट हात पार्न सकेनन् ।

यसअघि श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनाएको थियो ।

नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।

कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए ।दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए ।यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३३ विकेट लिए । जितसँगै भारत सुपर फोरमा प्रवेश गरेको छ । भने नेपाल प्रतियोगितबाट बाहिरीएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ११ : ५३ बजे

रास्वपातिर पनि सम्पर्कमा छन् शनिबार कुलमानसँग चार घण्टा बिताएका बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा मन्त्री

बाँकेमा ११९ एचआइभी सङ्क्रमित भेटिए

नेपालगञ्ज– बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला

मेयर बालेन साहलाई पितृशोक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

जेरुसेलम– भ्रष्टाचारको अभियोगको सामना गरिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ