त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ परेका छन् । 

१ सय १५ मेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रुपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रुपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचीन मुद्राहरू ६४ थानसहित ७० वर्षीय डेभिड अलान हार्वुडलाई प्रहरीले पक्राउ गरेको हो । 

थाई उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दर र सिक्कामा रहेका उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।  

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि भन्सार कार्यालयमा बुझाइनेछ ।  

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : ४३ बजे

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु