अमेरिकी कांग्रेसका प्रतिनिधिमण्डलको भ्रमणलाई चीनले स्वागत गर्ने « Khabarhub

अमेरिकी कांग्रेसका प्रतिनिधिमण्डलको भ्रमणलाई चीनले स्वागत गर्ने


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न भ्रमणको स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले आफ्नो मुलुकका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको चीनले जनाएको ।

हालैका वर्षमा दुवै मुलुकबीच उच्चस्तरमा रहेको सुरक्षा र आर्थिक विषयको तनावलाई दुवै पक्षले मत्थर पार्ने प्रयास गरिरहेका बेला आगामी साता हुने उक्त प्रतिनिधिमण्डलको भ्रमण अमेरिकी अधिकारीहरूको चीन भ्रमणको शृङ्खलामा सबैभन्दा नयाँ हुनेछ । “यस भ्रमणले अमेरिकी कांग्रेसको चीनप्रतिको वस्तुनिष्ठ बुझाइलाई अभिवृद्धि गर्नेछ भन्ने हाम्रो अपेक्षा छ, यो भ्रमणलाई स्वागत गर्दछौँ”, चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

आसन्न भ्रमणले दुई मुलुकका विधायिका निकायबीचको वार्ता र आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा चीन–अमेरिकाबीचको विकासमा सकारात्मक पक्षलाई सामेल गर्ने आशा गरिएको पनि मन्त्रालयले जनाएको छ । सुमरको चीन भ्रमणमा रिपब्लिकन सिनेटर माइक क्र्याापो पनि सहभागी हुनेछन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार छ सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । साथै प्रतिनिधिमण्डलले चीनमा अमेरिकी व्यवसायहरूका लागि वातावरण निर्माण गर्नेदेखि लिएर मानव अधिकारसम्मका मुद्दाहरू उठाउन खोज्नेछ ।

सिनेटर सुमरको कार्यालयलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डल दक्षिण कोरिया र जापानमा पनि केहीबेर रहने जनाएको छ । हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन, अर्थमन्त्री ज्यानेट येलेन र जलवायु दूत जोन केरीको हालैको चीन भ्रमणपछि यो भ्रमण हुन लागेको हो ।

सुमर र उनका सहयोगी विधायकहरूले मे महिनामा चीनको अत्याधुनिक प्रविधि र लगानीको प्रवाहलाई सीमित गरेर चीनको बढ्दो विश्वव्यापी प्रभावसँग लड्न डेमोक्रेटिक र रिपब्लिकन दुवै दलको ठूलो प्रयासको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ६ : ०२ बजे

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको