सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल « Khabarhub

सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।

आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत रहन, मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न तथा नेपालगञ्जमा हिजो भएको घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “घाइतेको उपचारको व्यवस्था गर्न र संयमता अपनाउन आयोग सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ ।”

बाँकेको नेपालगञ्जमा हिजो भएको घटनामा पाँच सुरक्षाकर्मीसहित २२ जना घाइते भएको विषयमा आयोगको नेपालगञ्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवालाका लागि निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालगञ्जमा असोज १५ गते बसेको सर्वदलीय र सर्वपक्षी बैठकको निर्णयअनुसार असोज १६ गते बिहान सद्भाव र्‍याली निकालिएको थियो । तर सोही दिन दिउँसो नेपालगञ्ज उपमहानगरपालिकाभित्र अनिश्चितकालका कर्फ्यू जारी गरिएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ३८ बजे

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा