पाकिस्तानमा सयौँ अफगान नागरिक पक्राउ « Khabarhub

पाकिस्तानमा सयौँ अफगान नागरिक पक्राउ


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानको कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले पाकिस्तानमा पछिल्ला केही दिनयता सयौँ अफगान नागरिक पक्राउ परेको जनाएका छन् । उनले वैधानिक रुपमा पाकिस्तानमा रहेका सयौँ अफगान शरणार्थीलाई प्रहरीले पक्राउ गरेको बताएका हुन् ।

अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार उनले पाकिस्तान सरकारसमक्ष आफ्नो मुलुकका नागरिकलाई पक्राउ नगर्नसमेत आग्रह गरेका छन् । उनले पछिल्ला केही दिनयता ८ सयभन्दा धेरै अफगान नागरिकलाई पाकिस्तानी प्रहरीले पक्राउ गरेको र दूतावासको सहयोगमा २ सय जनालाई रिहा गरिएको जानकारी दिए ।

हिरासतबाट मुक्त भएका गफार नाम गरेका अफगान शरर्णाीले आफूहरुलाई पाकिस्तानी प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । उनले अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारसमक्ष आफूहरुको सुरक्षा गरिदिनसमेत माग गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : १० बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग