पाकिस्तानमा सयौँ अफगान नागरिक पक्राउ « Khabarhub

पाकिस्तानमा सयौँ अफगान नागरिक पक्राउ


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानको कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले पाकिस्तानमा पछिल्ला केही दिनयता सयौँ अफगान नागरिक पक्राउ परेको जनाएका छन् । उनले वैधानिक रुपमा पाकिस्तानमा रहेका सयौँ अफगान शरणार्थीलाई प्रहरीले पक्राउ गरेको बताएका हुन् ।

अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार उनले पाकिस्तान सरकारसमक्ष आफ्नो मुलुकका नागरिकलाई पक्राउ नगर्नसमेत आग्रह गरेका छन् । उनले पछिल्ला केही दिनयता ८ सयभन्दा धेरै अफगान नागरिकलाई पाकिस्तानी प्रहरीले पक्राउ गरेको र दूतावासको सहयोगमा २ सय जनालाई रिहा गरिएको जानकारी दिए ।

हिरासतबाट मुक्त भएका गफार नाम गरेका अफगान शरर्णाीले आफूहरुलाई पाकिस्तानी प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । उनले अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारसमक्ष आफूहरुको सुरक्षा गरिदिनसमेत माग गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : १० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ