जाजरकोट भूकम्पमा परी ६३ जनाको मृत्यु भएको पुष्टि, सयौं घाइते « Khabarhub

जाजरकोट भूकम्पमा परी ६३ जनाको मृत्यु भएको पुष्टि, सयौं घाइते

नलगाड नगरकी उपमेयरको मृत्यु


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार राति गएको भूकम्पमा जाजरकोटमा ३६ र रुकुम पश्चिममा २७ गरेर ६३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

भूकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । जाजरकोटमा उपमेयर सिंहसहित ३६ स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

यता रुकुम पश्चिमका डिएसपी नवराज भट्टराईका अनुसार जिल्लामा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। उनका अनुसार सानीभेरी र जिल्ला अस्पतालमा गरेर ८५ जनाको उपचार भइराखेको छ । भूकम्पपछिको खुख्खा पहिरोले घाइतेको उद्धारमा कठिनाइ रहेको डिएसपी भट्टराईको भनाइ छ ।

जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको हो । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जान लागेका छन्् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार परकम्प गएका छन् । मध्यरातमा ठुलो भूकम्प गएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयले सयौंको मृत्यु भएको उल्लेख गरे पनि अहिलेसम्म एकिन विवरण आइसकेको छैन ।

‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति चार पटक ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका सयौको मृत्यु र घाइते भएको खबरले अत्यन्त मर्माहित बनायो’’, प्रधानमन्त्रीको निजी सचिवालयले भनेको छ, ‘‘घाइतेहको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लाग्नुभएको छ।’’

भूकम्पको प्रभाव जाजरकोट र रुकुम पश्चिमा बढी देखिएको छ । यसको झड्काभने काठमाडौंसम्म महसुस गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : २४ बजे

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका