सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहतलगायतका काममा सम्पूर्ण जनशक्ति परिचालन गर्ने « Khabarhub

सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहतलगायतका काममा सम्पूर्ण जनशक्ति परिचालन गर्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहतलगायतका काममा सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

शनिबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले उद्धार, उपचार र राहत अहिलेको मुख्य नीति भएकाले यसमा सबै जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो । बैठकमा श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन समेत दिए ।

अहिले मुख्य केन्द्र सुर्खेत र उपकेन्द्र नेपालगंजलाई तोकेर परिचालन र राहतका काम एकद्धार प्रणालीका साथ अघि बढाउने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बताए । उनले तीन तहका सरकारबीच समन्वयका साथ उद्धार, उपचार र राहतका काम भइरहेको बताए । गृहमन्त्री श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका लागि केन्द्रीय राहत व्यवस्थापन कोषबाट ५–५ करोड तुरुन्तै पठाउने निर्णय भएको जानकारी दिए ।

भूकम्पका कारण अवरुद्ध सडक खुलाउन सडक विभागलाई निर्देशन दिएको, प्रभावित क्षेत्रमा कम्बल, पाल र खानेकुराको व्यवस्थापन पनि भइसकेको उनले जानकारी दिए ।

उनले छिमेकी मुलुकले पनि सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी पठाएको भन्दै भारत र चीनलाई धन्यवाद दिँदै अहिले खोज तथा उद्धार टोली आवश्यक नरहको जवाफ दिएको बताए ।

शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पु¥याएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : १८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको