शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढ्यो « Khabarhub

शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढ्यो


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउडका अभिनेता शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो ।

जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् ।

कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् ।

शाहरुख खानभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन् । यो वर्ष शाहरुखका २ फिल्म आएको थियो, पठान र जवान यी दुई फिल्मले २१ अर्ब ९६ करोड भारु कमाएका थिए ।

खानको जीवनमा कुनै समय यस्तो थियो कि गरिबीका कारण गैरकानूनी तवरले मट्टीतेल समेत बेचे । नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिरहेको बेलामा उनले कयौँ टिभी शोमा काम गरे । खान आफैं पनि आफूलाई हिरो बन्न लायक सम्झदैंनथे ।

खानले सन् १९९२ मा दिवानाबाट बलिउड डेब्यू गरेका थिए । खानको बोल्ने शैली देखेर हेमा मालिनीले समेत एउटा फिल्ममा खानलाई रिजेक्ट गरेकी थिइन् ।

सन् २०१८ मा खानको जिरो फिल्म नराम्रोसँग फ्लप भयो । सो फिल्म फ्लप भएपछि खानले लामो समय फिल्मबाट ब्रेक लिए । केही फिल्ममा क्यामियो गरेपनि अभिनेताको रूपमा भने ४ वर्षपछि पठानबाट कमब्याक गरे । यो फिल्मले १० अर्ब १५ करोड भारु कमाएर बलिउडमा कयौँ रेकर्ड तोडिदियो ।
पठान भारतको इतिहासको दोस्रो ठूलो हिन्दी फिल्म बन्यो । यो यस वर्षको हाईएष्ट ग्रसिङ फिल्म हो । शाहरुख खान आज ५८ वर्षका भए । खान किंग अफ रोमान्स भनेर पनि चिनिन्छन् । तर यो वर्ष आएको उनको दुबै फिल्म एक्शन हो ।

खानको अपकमिङ फिल्म डंकी हो । यो कमेडी ड्रामा हो । डंकी पनि हिट भयो भने एउटै वर्ष ३ मेगा ब्लष्टर फिल्म दिने उनी एक्लो बलिउड स्टार हुनेछन् । एउटै वर्ष १० अर्ब रुपैयाँभन्दा धेरै कमाउने २ ओटा फिल्म दिने शाहरुख एक मात्रै बलिउड स्टार हुन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ५० बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड