शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढ्यो « Khabarhub

शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढ्यो


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउडका अभिनेता शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो ।

जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् ।

कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् ।

शाहरुख खानभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन् । यो वर्ष शाहरुखका २ फिल्म आएको थियो, पठान र जवान यी दुई फिल्मले २१ अर्ब ९६ करोड भारु कमाएका थिए ।

खानको जीवनमा कुनै समय यस्तो थियो कि गरिबीका कारण गैरकानूनी तवरले मट्टीतेल समेत बेचे । नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिरहेको बेलामा उनले कयौँ टिभी शोमा काम गरे । खान आफैं पनि आफूलाई हिरो बन्न लायक सम्झदैंनथे ।

खानले सन् १९९२ मा दिवानाबाट बलिउड डेब्यू गरेका थिए । खानको बोल्ने शैली देखेर हेमा मालिनीले समेत एउटा फिल्ममा खानलाई रिजेक्ट गरेकी थिइन् ।

सन् २०१८ मा खानको जिरो फिल्म नराम्रोसँग फ्लप भयो । सो फिल्म फ्लप भएपछि खानले लामो समय फिल्मबाट ब्रेक लिए । केही फिल्ममा क्यामियो गरेपनि अभिनेताको रूपमा भने ४ वर्षपछि पठानबाट कमब्याक गरे । यो फिल्मले १० अर्ब १५ करोड भारु कमाएर बलिउडमा कयौँ रेकर्ड तोडिदियो ।
पठान भारतको इतिहासको दोस्रो ठूलो हिन्दी फिल्म बन्यो । यो यस वर्षको हाईएष्ट ग्रसिङ फिल्म हो । शाहरुख खान आज ५८ वर्षका भए । खान किंग अफ रोमान्स भनेर पनि चिनिन्छन् । तर यो वर्ष आएको उनको दुबै फिल्म एक्शन हो ।

खानको अपकमिङ फिल्म डंकी हो । यो कमेडी ड्रामा हो । डंकी पनि हिट भयो भने एउटै वर्ष ३ मेगा ब्लष्टर फिल्म दिने उनी एक्लो बलिउड स्टार हुनेछन् । एउटै वर्ष १० अर्ब रुपैयाँभन्दा धेरै कमाउने २ ओटा फिल्म दिने शाहरुख एक मात्रै बलिउड स्टार हुन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ५० बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि