माता पितालाई किन ढोग्ने ?  « Khabarhub

माता पितालाई किन ढोग्ने ? 


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

आफूभन्दा ठूलालाई ढोग गर्ने संस्कार परापूर्व कालदेखि चल्दै आइरहेको छ । नेपाली समाजमा बिहानै माता पिताको खुट्टा ढोग्नु निकै शुभ मानिएको छ ।

हाम्रो पुरानो परम्पराअनुसार छोराले आमाबाबु (माता पिता) र बुहारीले सासूलाई बिहान सबेरै उठेर उनीहरूको गोडा ढोग्नुपर्छ । यो परम्पराले आफूभन्दा ठूला र मान्यवरलाई सम्मान गर्नुपर्छ भनेर सिकाउँछ ।

नेपालीहरू कतै जानु पर्दा या केही शुभ कामको सुरु गर्दा बाबु आमाको खुट्टा ढोगेर आशीर्वाद लिने गर्छन् । कतिपयले बिहानै आफ्ना माता पिताको आशीर्वाद लिएर मात्र दिनको सुरुवात गर्ने गर्छन् ।

बिहानीले दिनको सङ्केत गर्छ भनिन्छ । हामीले बिहानीको कर्म जुन ढंगबाट सुरु गर्छौँ, त्यही अनुसार नै हाम्रो दिन बित्ने गर्छ ।

त्यसैले दिनको सुरुवात सही ढङ्गबाट गरियो भने त्यो दिनभरका लागि उत्साह, उमङ्ग र ऊर्जा जागिरहन्छ ।

हामीले दिनको सुरुवात राम्रो ढङ्गबाट गर्दा मनमा शान्ति छाउनुका साथै परिवारमा सुख शान्ति समृद्धि छाउँछ ।

वास्तु शास्त्रले माता पिता साथमा नहुँदा फोटो राखेर स्मरण गर्दा वा बिहानै माता पिताको खुट्टा ढोग्नुलाई राम्रो मानेको छ । किनकि मातापिता भनेको भगवान हुन् ।

श्रद्धापूर्वक मातापिताको गोडा छुनु आफूभन्दा ठूलाको अगाडि नतमस्तक हुनु हो । यसबाट हामीलाई विनम्रता प्राप्त हुन्छ । शास्त्रमा भनिएको छ कि हामीले दिनदिनै ठूलालाई अभिवादन गर्दै ढोग्दा हाम्रो आयु, विद्या, यश र शक्ति वृद्धि हुन्छ ।

यो एक किसिमकाे सूक्ष्म व्यायाम पनि हो । खुट्टामा छुँदा शारीरिक कसरत पनि हन्छ । निहुरिएर खुट्टामा छुँदा शरीर लचकदार हुन्छ । अगाडि निहुरिँदा शरीरमा रक्तप्रवाह बढ्छ । जसले गर्दा स्वास्थ्यमा निकै फाइदा पर्‍याउँछ ।

ढोग गर्दा एउटा फाइदा यो पनि छ कि हामीसँग भएको अहङ्कार कम हुन्छ । अहङ्कार कम हुनु भनेको शरीरमा भएको नकारात्मक ऊर्जा कम भएर जानु पनि हो । यही कारण हाम्रा पुर्खाहरूले मान्यवरलाई ढोग गर्ने संस्कार चलाएका हुन् ।

यसले घरमा सकारात्मक माहौल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास र मान्यजनप्रति आधार सम्मान समेत जगाउँछ । यसले मनमा शान्ति, खुसी र सकारात्मक भाव उत्पन्न हुन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ३४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको