इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले ब्राइटनलाई हराएको छ । चेल्सीको घरेलु मैदानमा गएराति भएको खेलमा ब्राइटन ३–२ गोलले पराजित भएको हो ।

चेल्सीको जितमा इन्जो फर्नान्डेजले दुई तथा लेभी कोलविलले एक गोल गरेका थिए । ब्राइटनका फकुण्डो बुओनानोटजोआओ पेड्रोले एक–एक गोल गरे ।

खेलको १७औँ मिनेटमा चेल्सीका इन्चोले सुरुवाती अग्रता दिलाएको खेलमा कोलविलले २१ औँ मिनेटमा खेलको अग्रतालाई दोब्बर बनाएका थिए । त्यसपछि ६५ औँ मिनेटमा इन्जोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ गोलको जित दिलाए ।

१४ खेल खेलेको चेल्सी यो जितसँगै १९ अंकसहित तालिकाको दशौँ स्थानमा उक्लिएको छ भने पराजित भएको ब्राइटन २२ अंकसहित आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ३७ बजे

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको