दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा टिकटक चलाउन दिने प्रधानमन्त्रीको आश्वासन, एनसेललाई त्यतिकै छाडिन्न, अध्ययन गरिन्छ :प्रधानमन्त्री, नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र, एकीकृत समाजवादीको महाधिवेशन माघमा नहुने, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवविरुद्ध पक्राउ पुर्जी, सर्वोच्चमा सिफारिस गरिएका तीन न्यायाधीशविरूद्ध समितिमा उजुरी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्धलगायतका समाचारले प्रमुख स्थान पाए । 

एनसेललाई त्यतिकै छाडिन्न, अध्ययन गरिन्छ : प्रधानमन्त्री
निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–विक्री सम्बन्धमा सरकारले अध्ययन गर्ने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको नेतृत्वमा अध्ययन समिति बनाइने भएको छ ।

 

टिकटक चलाउन दिने प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा हुने संकेत गरेका छन् ।

आफ्नो चाहनाले मात्र नभई केपी शर्मा ओली र शेरबहादुर देउवाको जोडबलका कारण सरकारले टिकटकमा रोक लगाएको प्रधानमन्त्री दाहालले बताए ।

भारतीयलाई दाहालको जवाफ-आफ्नै देशलाई हिन्दुराष्ट्र बनाए भैगो!
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान सन्तुलित भएकाले धर्म निरपेक्षताबाट पछाडि फर्कन नसकिने स्पष्ट पारेका छन् ।

उनले देशभित्र मात्र होइन, देश बाहिरबाट पनि संविधानमा रहेको धर्म निरपेक्षता हटाउने आवाज उठ्ने गरेको खुलाए ।

नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र
नेपाली नागरिकहरु युक्रेन विरुद्ध लडिरहेको रुसको सेनामा भर्ती भएको र छ जना नेपालीहरु मारिएको खबर आएपछि नेपाल सरकारले दुबै देशलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले रुस र युक्रेन दुबै देशलाई पत्र पठाएर नेपाली नागरिकलाई सेनामा भर्ती नलिन औपचारिक आग्रह गर्ने भएको छ ।

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।

एकीकृत समाजवादीको महाधिवेशन माघमा नहुने
नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सार्ने तयारी गरेको छ ।

समाजवादीको आज बसेकोे सचिवालय बैठकमा जाजरकोट भूकम्पका कारण तयारी गर्न नपाएको र राष्ट्रियसभा निर्वाचन समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबविरुद्ध पक्राउ पूर्जी
जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लब० सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक पक्राउ पूर्जी जारी गरिएको हो ।

मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.चोपलाल भुसाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले डा. भुसाललाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनले आजै स्वास्थ्य मन्त्रालय पुगेर नियक्ति लिएका छन् ।

सर्वोच्चमा सिफारिस गरिएका तीन न्यायाधीशविरूद्ध समितिमा उजुरी
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जना मध्ये तीन न्यायाधीशविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकी सारंगा सुवेदीविरूद्ध पाँच उजुरी परेका छन् । त्यस्तै, टेकप्रसाद ढुंगानाविरूद्ध तीन वटा र अब्दुल अजिज मुसलमानविरूद्ध एउटा उजुरी परेको छ ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

विशेष अदालतका न्यायाधीशहरुद्वारा शपथ ग्रहण
विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : ५९ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह