माछाको गुणस्तर कायम गर्दै उत्पादन बढाउनुपर्नेमा जोड « Khabarhub

माछाको गुणस्तर कायम गर्दै उत्पादन बढाउनुपर्नेमा जोड


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भारतीय माछासँग प्रतिस्पर्धा गर्न उत्पादन लागत घटाउनुपर्ने एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन्। मत्स्य बीज उत्पादक, मत्स्य प्रजननकर्ता, अनुसन्धानकर्ता, शिक्षण संस्था तथा मत्स्य प्राविधिक विषयक समन्वय गोष्ठीमा सहभागीहरुले माछाको गुणस्तर कायम गर्दै उत्पादन बढाउन चुनौती रहे पनि माछाको गुणस्तरीय बीजले उत्पादन लागत घटाउन सकिने बताए।

मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र भैरहवाको आयोजनामा भएको समन्वय गोष्ठीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक डा.परवेज आलमले माछा नै मानवको लागि प्रोटिनको स्रोतको रुपमा २० प्रतिशत योगदान दिँदै आएको बताए। माछाको सांस्कृतिक, धार्मिक, आर्थिक र औषधीय महत्व रहेकाले प्राकृतिक जलाशय र स्थानीय माछाको संरक्षण प्रवर्धनको काम अगाडि बढाउँदै प्रोत्साहन गर्नुपर्ने बताए।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवाका क्याम्पस प्रमुख रामभजन मण्डलले सर्वसाधारणले सुद्ध नश्लको माछा हो भनी पहिचान गर्नसक्नेमा लाग्नुपर्ने बताए। गुणस्तरीय बीज कसरी उपलब्ध गराउने विषयमा केन्द्रित भई कसरी बढी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको औँलाए। नेपाल जलस्रोतमा धनी भए पनि भरपूर रुपमा उपभोग गर्न नसकेकाले नै अहिलेसम्म २ प्रतिशत मात्रै जल प्रयोग भएको बताए। हजारौँ हेक्टर जलस्रोत प्रयोगविहीन अत्यधिक प्रयोग गरी त्यसतर्फ माछापालन गरेर पनि माछा उत्पादन बढाउन सकिने सुनाए।

मत्स्य विज्ञ तथा पूर्वसहसचिव रमानन्द मिश्रले चार महिनाअघि मात्रै लागू भएको राष्ट्रिय मत्स्य विकास नीतिले माछा पालन र संरक्षणमा धेरै आयाम ल्याउनेमा विश्वस्त रहेको बताए। खुला सीमा चुनौतीको रुपमा रहे पनि किसानहरुको भविष्य सुनिश्चित गर्दे गुणस्तरीय बिजबाट उत्पादन पनि बढ्ने र लागत घटेर प्रतिस्पर्धा गर्न सकिने बताए।

कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका सचिव यमनारायण देवकोटाले यो क्षेत्र माछाका लागि भविष्य बोकेको क्षेत्र भए पनि २७ प्रतिशत माछा प्रदेशकै लागि नपुगेर आत्मनिर्भर नरहेको बताए। यसका लागि प्रदेश सरकारले पनि विस्तार गर्न प्राकृतिक जलाशयका लागि रकम विनियोजन गरी उत्पादन वृद्धिमा लागेको जनाए।

दुई दिनसम्म चल्ने समन्वय गोष्ठीमा मत्स्य नीति र हाल प्रक्रियामा रहेका मत्स्यसँग सम्बन्धित अन्य नीति, ऐन तथा नियमावलीमा मत्स्य बीजको गुणस्तर व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी व्यवस्था विषयक केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका प्रमुख सरिता गौतमले कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

इम्प्रुभ रोहु माछाको वर्तमान अवस्था तथा भावी सम्भाव्यता विषयमा मत्स्य मानव संशाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरका प्रमुख रविलाल शर्मा, मत्स्य शुद्ध नश्लको अनुसन्धानतर्फको वर्तमान अवस्था, सकारात्मक उपलब्धि तथा भावी योजना विषयमा मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा.एकबाल हुसेन र मत्स्य शुद्ध नश्लको ट्यागसहितको फ्युचर ब्रुडको वर्तमान अवस्था तथा वितरण प्रक्रियाको विषयमा मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोतकेन्द्र भैरहवाका प्रमुख महेशचन्द गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १२ : ३३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित