प्रचण्डलाई माधव नेपालको विश्वास कि अविश्वास ? « Khabarhub

प्रचण्डलाई माधव नेपालको विश्वास कि अविश्वास ?

प्रधानमन्त्रीमा समर्थन गर्नेमा द्धिविधा, गठबन्धनमा अन्योलता !


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रचण्ड अचानक आफ्नो स्वभावअनुसार रूप फेर्दै प्रधानमन्त्री बन्दा सबैभन्दा असन्तुष्ट हुने नेतामा माधव नेपाल छन् । कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धन तोड्दै प्रचण्ड प्रधानमन्त्री बन्दा माधव नेपाललाई यतिबेला सरकारमा जान पनि सकस छ, प्रतिपक्षमा सीमित रहन पनि चुनौति छ ।

प्रचण्डले प्रधानमन्त्री पद पाउँदा माधव नेपाल जिल्ल छन् । उनी प्रचण्डसँग रिसाएका पनि छन् । तर उनको रिसले अब काम गर्ने सम्भावना कम छ । यद्यपि प्रचण्डको आग्रह बमोजिम माधव नेपालको पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना बाँकी छ ।

यसले एकसाथ दुई वटा सम्भावना खोलेको छ । एउटा, लगत्तै माधव नेपालको पार्टी सरकारमा जाने । दोस्रो, प्रचण्डको मध्यस्ततामा वाम गठबन्धनमा मिसिएर फेरि एमालेसँग एकता गर्ने वा आफ्नो पार्टीलाई विस्तार गर्ने योजनालाई मूर्त रुप दिने ।

यी सम्भावना औँल्याएका माधव नेपालका लागि दुवै बाटो खुला छन् । तर उनको ‘इगो’ राजनीति बढी कारक छ । त्यही इगोले गर्दा उनी यतिबेला एमालेसहितको सरकारमा जाने कि बाहिरै बस्ने भन्ने द्विविधामा छन् ।

यो द्विविधाले माधव नेपाललाई व्यक्तिगत रुपमा ठूलो संकट छ । किनकी हिजोका दिनमा कांग्रेस र माओवादीसँगको गठबन्धनको बेला भोलिका दिनमा राजनीतिले कोल्टे फेर्छ भनेर उनले सोचेकै थिएनन् । आज प्रचण्डकै कारण राजनीतिले कोल्टे फेर्दा माधव नेपालले हिजो आफैँले बोलेका कुराले नैतिक संकट निम्त्याएको छ ।

तर पनि आगामी राजनीतिक भविष्य कसैले देखेको छैन । त्यसमाथि प्रचण्ड यस्ता राजनीतिक नेता हुन्, जसलाई सहजै अनुमान गर्नै सकिन्न । प्रचण्डले माधव नेपाललाई सत्ता गठबन्धनमा ल्याउन सहयोग गर्न सक्छन् । किनकी माधव नेपाल प्रचण्डप्रति धेरै हदसम्म नरम छन् ।

ओलीले जतिबेला पनि धोका दिन सक्ने भएकाले प्रचण्ड सचेत छन् । हिजोका दिनमा ओलीबाट श्रृङ्खलाबद्ध धोका पाउँदा माधव नेपालले नै साथ दिँदै आएका थिए । यसपटक पनि माधव नेपाल गठबन्धनमा भएपछि मात्रै प्रचण्ड ढुक्कले ओलीसँगको सहकार्यलाई अघि बढाउन सक्छन् ।

अन्यथा ओली धेरैपटक एकलौटी निर्णय गरेर प्रचण्डलाई हायलकायल गराउन समय लगाउँदैनन् । त्यसकारण पनि यतिबेला माधव नेपाल र प्रचण्डको साथ सहयोग एक अर्कालाई आवश्यक देखिन्छ । त्यसका लागि पनि प्रचण्ड यतिबेला माधव नेपाललाई फकाउन लागि परेका छन् । तर माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलासम्म निर्णय गर्न सक्छन् । जसले थोरै भएपनि उनीहरूको आगामी सहकार्यका बारेमा थप संकेत दिनेछ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ६ : २८ बजे

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज– निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

एजेन्सी– अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक

आईसीसी टी–२० विश्वकप : नेदरल्याण्ड्सबाट पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १ सय

११ हतियार स्थानीय प्रशासनलाई फिर्ता

चितवन– जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई

यु–१९ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेश र भारत भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि