सुदुरपश्चिमका मुख्यमन्त्री विश्वासको मत लिदैँ « Khabarhub

सुदुरपश्चिमका मुख्यमन्त्री विश्वासको मत लिदैँ


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन्।

उनले पठाएको पत्र अनुसार आइतबार दिउसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए।

माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलिय सहमतीको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन।

दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन्। तीन दलसँग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन्। प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ।

यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले पनि कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिनु अघि मन्त्रालयमा भागबन्डा लगाउनु पर्ने सो पार्टीको भनाइ छ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुई तीहाई समर्थन हुनेछ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको रावल नेतृत्वको सरकार ढलेको थियो।

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ६ : ५० बजे

सुकुम्बासीहरुको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्शका लागि टोली परिचालन

काठमाडौं– अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा

सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ

काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव

बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना

बुटवल– बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १०

छैटौँ दुगुनागढी-लिस्तिकोट ‘माउन्टेन ट्रेल रेस’ आगामी सोमबार

काठमाडौं– साहसिक खेल प्रवर्द्धन तथा नेपाली सेनाको इतिहासबारे भावी पुस्तालाई

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टीकापुर– यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन