युवालाई गाउँमै रोजगारी दिने तादी गाउँपालिकाको योजना « Khabarhub

युवालाई गाउँमै रोजगारी दिने तादी गाउँपालिकाको योजना

‘अब तादीको आलु भन्ने बनाउँछौं’


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नुवाकोटको तादी गाउँपालिका धेरै सम्भावना र केही चुनौती बोकेको स्थानीय तह हो। गाउँपालिकाको सम्भावना अवसर र चुनौती के कस्ता छन ? पाँच वर्ष भित्र गाउँपालिकालाई कस्तो बनाउने लक्ष्यका साथ गाउँपालिकाका अध्यक्षले जिम्मेवारी लिएका छन् ? यी र यस्तै विषयमा आधारित रहेर तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग आशुतोष अर्यालले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंका पाँच वर्षे आयोजना के के छन् ?
निर्वाचन हुनुभन्दा अगाडि पनि सबै राजनीतिक दलबाट आफ्नो नीति तथा कार्यक्रम सबै पार्टी आपसमा मिलेर तयार गरिएको हो। निर्वाचनमा के कस्तो योजना जाने भनेर सबै पार्टीले खाका बनाएका हुन्छन्। म नेपाली कांग्रेसबाट निर्वाचित भएको हुँदा नेपाली कांग्रेसले बनाएको घोषणापत्र छ। त्यो अनुसार काम गर्ने लक्ष्य रहेको छ। व्यक्तिगत रूपमा भएका लक्ष्य अनुरूप पनि कार्य गर्ने योजना रहेको छ। आर्थिक विकास, सामुदायिक विद्यालयमा शिक्षा क्षेत्रको सुधार गर्ने जस्ता धेरै कार्य गर्न बाँकी रहेकाले त्यसको लागि हामी निरन्तर लागि परेका छौं। त्यसको कार्य योजना अनुसार अगाडि बढ्नु हाम्रो दायित्व रहेको छ।

तादी गाउँपालिका विकासको क्षेत्रमा किन पछाडि परेको छ ?
पूर्वाधारको विकास नभएसम्म अरू सबै कार्य गर्न असहज हुन्छ। पूर्वाधारका क्षेत्र भनेका भवन, विभिन्न खानेपानी, सडक निर्माण, सिंचाइ लगायतका क्षेत्र छन्। विशेष गरेर अहिले सडक भने विगतमा निर्माण भएको सडकलाई बलियो बनाउने कार्य पहिले मजबुत बनाउनुपर्छ। अहिलेसम्म निर्माण भएका बाटोलाई दक्ष जनशक्ति लगाएर बनाउन सक्ने गरी क्षमताको विकास गर्नुपर्छ। पूर्वाधार तत्काल नै बन्ने कुरा होइन १२ वर्ष लाग्ने कार्य हो। यसको सुरुवात भएको छ। अहिले दिगो रूपमा काम गर्ने योजना बनाएका छौँ।

तादी गाउँपालिकालाई कसरी चिनाउनु हुन्छ ? अहिलेसम्म गाउँपालिकामा के के भएको छ ?विकासका लागि तीन वटा कुरालाई आधार मानेका छौँ। कृषि क्षेत्रलाई पकेट क्षेत्रको रूपमा घोषणा गरेका छौँ। कृषिमा पनि बाँझो जग्गामा कार्य गराउन बेरोजगारी रहेका युवालाई लिएर बाँझो फोर्न लगाई फापर र आलु लगाउने गरेका छौँ। त्यो सुरुवात भएको छ। अहिले मुडेको आलु भन्छन् पछि तादीको आलु भन्ने दिन पनि आउन सक्छ।

बाझो जग्गामा उब्जनी गर्ने योजनामा युवाले स्वदेशमा नै काम गर्ने चाहना कत्तिको राखेको पाउनु भएको छ ?
धेरै धन कमाउँछु भन्ने होइन बेरोजगार भएर बसेकालाई समयको सदुपयोग गर्ने बाटो खोली दिएको मात्र हो। त्यसमा कार्य गरेर सफल असफल हुने आफ्नो काममा भरपर्छ। तादी गाउँपालिका काठमाडौंबाट धेरै टाढा छैन। गोसाईंकुण्ड भनेको धार्मिक पवित्र तीर्थस्थल छ। त्यो मानिसको आस्थाको केन्द्र हो। शिवको मूर्तिको थापना गर्न लागेको स्थान पनि हो।

यो कार्यकालमा काठमाडौं–तादीसम्म सडक बन्छ ?
तादी गाउँपालिकाबाट मोटरबाटो काठमाडौंसम्म ल्याउने प्रयास हो। त्यसलाई पुरा गर्ने हाम्रो कर्तव्य हो। त्यो पुरा हुन्छ। कृषि र पर्यटनको लागि हामी लागि पर्ने र परिरहने छौं।

तपाईँको अनुभव के छ कर्मचारी फेरबदल भएका छन् छैनन् ?
यो रोग अहिले संघीय गणतन्त्रपछिको हो। संविधानले तीन तहमा सरकारको परिकल्पना गरेको छ। सङ्घ सरकार, स्थानीय सरकार र प्रदेश सरकार रहेका छन्। स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत हुन्छन्। जसलाई सङ्घीय मन्त्रालयले खटाउनुपर्छ। स्थानीय सरकार सञ्चालन ऐन विभिन्न ऐन बनाएर त्यसमा प्रशासकीय अधिकृत र लेखाधिकृत सङ्घबाट पठाउने स्थानीय सरकारलाई सङ्घ सरकारको ग्रिपमा राख्ने गरेको छ। जन प्रतिनिधि भावनामा बग्ने काम गर्छन्।

तपाईं नेतृत्वमा आउँदा आर्थिक सुशासनमा चुस्त दुरुस्त बनाउन के कस्तो काम गर्नु भएको छ ?
जनप्रतिनिधिको क्षमताको विकास हुनु आवश्यक छ। जनप्रतिनिधि तथा कर्मचारीबीचमा समन्वयात्मक कार्यहरू गर्ने। एक अर्कोको भावनाको सम्मान गर्ने, कानुनको पालना गर्न सके गाउँपालिकाको समृद्धि यात्रा सम्भव छ। योसँगसँगै स्थानीय सरकार पारदर्शी भएर जनताको जीवनस्तर उकास्नमा लाग्नुपर्छ।

पालिकालाई कस्तो किसिमको समस्या भइरहेको छ ?
लेखाहरूले के कस्तो किसिमको लेखाको कार्य भइरहेका छ। कसरी भुक्तानी भएको छ। त्यहाँको वित्तीय अवस्था के छ। जोखिमको अवस्थाहरू के के छन् ? पालिकामा बुझाउनु पर्ने रिपोर्ट, तालिका के कस्तो छ। प्रत्येक मासिक रूपमा बुझाएको छ छैन भन्ने खालको कुराहरू रहेका छन्। कर्मचारी सबै दूधले नुहाएका पानी छर्किएका हुँदैनन््। त्यसमा पनि निगरानी राख्नु पर्छ।

एउटा गाउँपालिका अध्यक्षले चाहेको अवस्थामा के के गर्न सक्ने रहेछ ?
गाउँपालिकाको अध्यक्ष एउटा लिडर हो। त्यसको एक समूह हुन्छ। कार्यपालिकाको उपाध्यक्ष, सदस्य सचिव सबै काममा लागेका हुन्छन्। ती सबैलाई मिलाएर काम गर्नुपर्छ। अध्यक्ष भनेर आफूखुसी काम गर्न मिल्दैन।

तपाईंले तादी गाउँपालिकामा के के सुधार गर्नु हुन्छ ?
पर्यटकीय हब बनाउने, जनताको आर्थिक स्तर उजागर गर्न, शिक्षाको गुणस्तर बढाउने, मानव स्वास्थ्यका लागि उपचार केन्द्रको विकास गर्ने, प्रत्येक वडाको बाटो पक्की निर्माण गर्ने, ग्रामीण पर्यटनको विकास गर्ने, कृषि क्षेत्रमा उत्पादन बढाएर जनतालाई सहज गराउने, जैविक मलको उत्पादन र रासायनिक मलको विस्थापन गर्ने, फोहोरको व्यवस्थापन गराउने, युवालाई गाउँमै रोजगारी दिएर त्यही बस्ने वातावरण मिलाउने जस्ता कार्य पाँच वर्षमा गर्ने योजना बनाएका छौँ।
प्रस्तुति: कुसुम गौतम

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ३८ बजे

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप