जिल्ला प्रशासन कार्यालय रसुवाद्वारा सेवाग्राहीलाई जानकारी « Khabarhub

जिल्ला प्रशासन कार्यालय रसुवाद्वारा सेवाग्राहीलाई जानकारी


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ ।

यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मको विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले स्थानीय प्रशासनले किनारा लगाउने मुद्दाअन्तर्गत अभद्र व्यवहारमा परेको ४९ मुद्दामध्ये १० फैसला भई ३९ फछ्र्यौट प्रक्रियाका रहेको जानकारी दिएका छन् । उनले विकास निर्माणमा सहजीकरण, जलविद्युत् आयोजनाको सुरक्षा व्यवस्था, राजमार्ग नियमित सुचारुको अनुगमनलगायत कार्य गर्दै आएको बताए ।

प्रजिअ प्रकाशचन्द्र अधिकारीले सेवा प्रदायक निकायसँग गुनासो भए तत्काल सूचना दिई सहयोग गर्न सेवाग्राहीसंग आग्रह गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ४० बजे

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई