विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु « Khabarhub

विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ओखलढुंगाको दियालेको राहुटार भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको छ । 

चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको उक्त जिप दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

यसैगरी, धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा ट्याक्टरलाई ठक्कर दिएर मोटरसाइकल पल्टिंदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय राम इकवाल ठाकुर र पछाडि सवार ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । महेन्द्रनगरबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको ज १ त ५२ ४५ नम्बरको ट्याक्टरको टेलरमा सोही दिशा तर्फ जाँदै गरेको ज १० प ६४ २९ नम्बरको मोटरसाइकल ठोक्किएर पल्टिएको थियो ।

दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार शहिदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको छ । 

मोटरसाइकल चालक मृतक कुमारीदेवीको छोरा २८ वर्षीय उदय कुमार मण्डल घाइते भएकाले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ  ।
धादिङको बेनिघाट रोराङ गाँउपालिकाहिलटपमा सवारी साधनको ठक्करबाट पैदलयात्री एक पुरुषको मृत्यु भएको छ । मृतकको नाम थर वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : ०२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि