थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण « Khabarhub

थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले थप चारवटा वटा विद्युतीय चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेर काठमाडौं उपत्यकामा दुईवटा र काठमाडौं उपत्यका बाहिर २ वटा गरी थप ४ वटा चार्जिङ स्टेशन बनाउन लागेको हो ।

प्राधिकरणले गरेको टेन्डर आव्हान अनुसार काठमाडौं उपत्यकामा बल्खु र सामाखुसीमा तथा काठमाडौं उपत्यका बाहिर मुग्लिङ र बर्दिबासमा थप चार्जिङ स्टेशन बनाउन लागेको हो । देशका विभिन्न स्थानमा ५१ वटा स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य गरिरहेको प्राधिकरणले ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागी र २५ वटा साना ठूला कारहरूका लागि चार्जिङ स्टेशन बनाई रहेको छ ।

यसअघि प्राधिकरण मुख्यालय रत्नपार्कमा एउटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याईसकेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग छुट्टाछुट्टै सम्झौता गरेर निमार्ण भईरहेका चार्जिङ स्टेसन ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी क्षमताको रहेका छन् । विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर प्राधिकरणले चार्जिङ स्टेशन निमार्णलाई तिव्रता दिएको हो ।   

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : २२ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र