नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम « Khabarhub

नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ – चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा चक्काजाम गरेको छ ।

उक्त पार्टीको तुलसीपुर नगर समितिले निर्माणका लागि दबाब भन्दै आज बिहान ११ बजेदेखि ११ः३० बजेसम्म आधाघण्टा चक्काजाम गरेको हो । तुलसीपुरस्थित हात्तीखौवामा नेकपाका कार्यकर्ताले चक्काजाम गरेपछि सवारी साधन तथा सर्वसाधारणहरू आधाघण्टा सडकमै रोकिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रतिप वलीले अलपत्र चारलेन सडक छिटोछरितो निर्माणमा राज्यको ध्यानाकर्षण गर्नका लागि आज विरोधस्वरूप चक्काजाम गरेको बताए । “नागरिकहरूले सो सडकका कारण धेरै दुःखकष्ट पाएका छन् तर सरकार त्यसमा मौन छ”, उनले भने, “यो आफूहरूको यो साङ्केतिक विरोध हो, अब सडक बहस, धर्नालगायतका कार्यक्रम निरन्तररूपमा गर्छौैं ।”

तुलसीपुर–घोराही चारलेन सडकखण्ड समयमै निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८ दशमलव १९ किलोमिटर सडक बनाउने जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको छ । यो पनि पूरै चारलेन छैन । कतै चारलेन त कतै दुईलेन बनाउने सम्झौतामा उल्लेख छ ।

सन् २०१९ जनवरी २८ मा सम्झौता हुँदा ३३ महिनामा सडक निर्माणको काम पूरा गर्नुपर्ने उल्लेख छ । तर हालसम्म भौतिक प्रगतिको काम १० प्रतिशत पनि हुनसकेको छैन । सडकको दायाँबायाँ खनेर भत्काइएको हुँदा यो सडकखण्ड पछिल्लो समय निकै जोखिमयुक्त बनेको छ ।

यो अवधिमा मात्रै २५ जना बढीको सवारी दुर्घटनामा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । सुक्खा मौसममा धुलाम्मे र वर्षामा सडकखण्ड हिलाम्मे हुनेगर्छ ।

तथ्यले हालसम्म पेटी ठेकेदारमार्फत काम गर्दै आएको छ । तर, पछिल्लो समय भने काम ठप्प रहँदै आएको छ । योबीचमा छ जना पेटी ठेकेदार परिवर्तन भइसकेका छन् । सो सडकको अवस्थाबारे जिल्लाका दलका नेता तथा यहाँबाट सङ्घ र लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरूले चासो नदिएको भन्दै सर्वसाधारणहरूले गुनासोसमेत गरेका छन् ।

केही दिनअघि जिल्लामा आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सो सडकको बारेमा चासो लिनुभएको थियो । उनले सडकको अवस्थाबारे जिल्लाका सरकारी निकायलाई एकै ठाउँमा बोलाई सडकको बारेमा जानकारी लिएका थिए । उनले सडकको स्तरवृद्धिका लागि आफूले केन्द्रीयस्तरमा पहल गरिरहेको समेत बताएकी थिइन । यसैबीच ठेकेदारले खनेर ठाउँठाउँमा ठूलाठूला खाल्डाखुल्डी पारेर अलपत्र अवस्थामा रहेको सो सडकको यहाँका युवाहरूले गत माघ महिनामा मर्मतसमेत गरेका थिए । उनीहरूले स्वःतस्फूर्तरूपमा लाखौँ रुपैयाँ खर्चेर खाल्डाखुल्डी पुरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ०८ बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले