दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया | Khabarhub Khabarhub

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो । नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न भएका हुन्।

शिविरमा दुई हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ । दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो । गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए ।

बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिए। जटिल समस्या देखिएका चार जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ५९ बजे

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

एजेन्सी – पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन

भूमि बाहेकका पाँच अध्यादेश पनि पास गर्ने ग्यारेन्टी दिएनन् उपेन्द्रले

काठमडौं– जनता समाजवादी पार्टी नेपालले गत माघ २ गते राष्ट्रपति

अर्थसंक्षेप : अर्थसचिवमा उपाध्यायलाई स्वागत, चीनले हिल्सामा बनायो मितेरी पुल

अर्थसचिवमा उपाध्यायलाई स्वागत, डा.घिमिरेको बिदाइ अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई

एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल– उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको विस्फोटमा एक