गायक राजेशपायल राई नगर सद्भावना दूत नियुक्त  « Khabarhub

गायक राजेशपायल राई नगर सद्भावना दूत नियुक्त 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

खोटाङ – चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत नियुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मिएका गायक राईलाई १९ चैतको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।

‘राई इज किङ’का रूपमा नेपाली सांगीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको रूपमा नगर सद्भावना दूत नियुक्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘हाम्रो निर्णयपछि गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दूतको रूपमा सक्रिय रहनु हुनेछ,’ मेयर भट्टराईले भने, ‘उहाँको नियमित हुने देश–विदेशको भ्रमणले देश विदेशमा दिक्तेल नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त छौँ ।’

नगरपालिकाले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ/विज्ञा समुह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाकार, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ । नगरपालिकामा देशका वरिष्ठ चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ३८ बजे

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने