शंकरदेवको नेविसंघ इकाइ अध्यक्षमा घिसिङ चयन « Khabarhub

शंकरदेवको नेविसंघ इकाइ अध्यक्षमा घिसिङ चयन


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औं इकाइ अधिवेशन सम्पन्न भएको छ।

मंगलबार भएको क्याम्पस अधिवेशनबाट विवेक लामा घिसिङ क्याम्पस इकाइ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। नेविसंघको केन्द्रीय प्रतिनिधि शालिकराम अधिकारीको सभापतित्वमा घिसिङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

उपाध्यक्षहरूमा देब बस्नेत, गणेश बहादुर शाही, कृष्ण थापा र अरुण केसी चयन भएका छन्। सचिवमा विजेश खड्का र सहसचीवमा नितेश जैशी, ममता लमसाल, सुरेन्द्र जाग्री, सन्तोष कार्की, अनिल शाही, छत्र रावल, अशोक मगर, सरिता पौडेल, असीम सुवेदी र नारायण सुवेदी चयन भएका हुन्। कोषाध्यक्षमा मनिषा रानाभाट चयन भएकी छन्।

त्यस्तै सदस्यमा नमिन्द्रा भट्टराई, एलिसा रिजाल कार्की, टिका रिजाल, विनोद शाही ठकुरी, पंकज कोइराला, कर्तव्य वस्नेत, एलिस विक्रम शाही, राजेन्द्र जोशी, मन्जित तामाङ, निरज काफ्ले, दिपक विष्ट, अमोद भट्ट, भुवन भट्ट, केशव जोशी, हेमन्त न्यौपाने, विपुल अधिकारी, पुष्प कुँवर, सन्तोष तिवारी, प्रशान्त गौतम, निरज शाही, ऋषी आचार्य, सागर श्रेष्ठलगायत रहेका छन्।

सफलतापूर्वक क्याम्पस अधिवेशन सम्पन्न भएको भन्दै विद्यार्थी आन्दोलन थप चलायमान हुने शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति शुभराम बस्नेतले जानकारी दिए। भर्खरै स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा त्यसले ठूलो हौसला दिएको भन्दै विद्यार्थी नेताको अबको जिम्मेवारी शैक्षिक मुद्दा उठाउनुपर्ने रहेको बताए।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १० : १५ बजे

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग