ट्र्याक्टरले किच्दा युवकको मृत्यु « Khabarhub

ट्र्याक्टरले किच्दा युवकको मृत्यु


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो ।

बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताए ।

ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले पार्किङ गरी राखिएको लु६३प ९०९ नंको स्कुटर च्याप्दा पूर्णरूपमा क्षति भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ११ : १६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील