बुबाबाट गर्भवती भएकी बालिकाको जिम्मेवारी सयात्रीले लियो  « Khabarhub

बुबाबाट गर्भवती भएकी बालिकाको जिम्मेवारी सयात्रीले लियो 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – आफ्नै बुवाले बलात्कार गरेर १३ वर्षीया छोरीलाई गर्भवती बनाएको घटना बाहिरिएसँगै गैरसरकारी संस्थाहरुले निकै चासो देखाएका छन् ।

महोत्तरीको  बर्दिबास–११ स्थित खयरमारा स्थायी घर भई हाल भक्तपुर बस्ने आफ्नै छोरी संगीता (नाम परिवर्तन गरिएको )लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको घटना १८ चैतमा बाहिर आएको थियो ।

घर महोत्तरी भए पनि घटना भने भक्तपुरमा भएकाले महोत्तरी प्रहरीले पीडित बालिकालाई गत शनिबार भक्तपुर प्रहरीलाई जिम्मा लगाएको थियो  । सबै घटना सार्वजनिक भएपछि पीडित बालिकाको सम्पूर्ण जिम्मेवारी सयात्री नेपालले लिएको छ ।  ‘मैले बालिकालाई गएर भेटेँ । उनको अवस्था निकै दयनीय छ । हामी पीडित बालिकाको भरणपोषणदेखि सम्पूर्ण जिम्मेवारी लिन चाहन्छौँ,’ सयात्रीकी अध्यक्ष गीता केसीले बताइन्  ।

आमा सुनिता (नाम परिवर्तन गरिएको)ले  सोधखोज गर्ने क्रममा बुबाले नै बलात्कार गरेर गर्भ बसेको बालिकाले बताएपछि घटना बाहिर आएको हो । भक्तपुरबाट १४ चैतमा तीन छोराछोरीलाई बोकेर महोत्तरीस्थित  घर खयरमारा आइपुगेकी आमा सुनिताले नै सञ्चारकर्मीहरुलाई बोलाएर घटना सार्वजनिक गरेकी हुन् ।

कसरी भएको घटना ?

रामबहादुरका एक छोरा र दुई छोरी छन् । पीडित संगीता जेठी छोरी हुन् भने अन्य दुई जना सानै छन् । आर्थिकरुपमा निकै कमजोर रहेको यो परिवार धादिङको इँटाभट्टामा काम गर्दै आएको थियो ।

बिबि इँटाभट्टामा काम छोडेर सपरिवार असोजतिर काम कै खोजीमा भक्तपुर पुगेको थियो । श्रीमान रामबहादुर र सुनिता दिउँसो सँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहीँ सन्च भएन भन्दै रामबहादुर घरमै बस्थे अनि सुनिता एक्लै काम गर्न जान्थिन् ।

घटना कात्तिक महिनातिरको हो । सुनिता माइत गएकी थिइन् ।  पीडित बालिका संगीताका अनुसार आफ्ना बुबा रामबहादुरको गिद्धे नजर त्यही समयदेखी पर्‍यो । ‘ममी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाइ बाबाले जवर्जस्ती गर्नुभयो,’ पीडित बालिका संगीताले भनिन्, ‘मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो, अनि मलाई पटकपटक गर्नुभयो ।’

बुबाले आफूले गरेको विषय कसैलाई भनेमा आमा, भाइबहिनी सबैलाई मारिदिने धम्की दिने गरेको उनले बताइन् । आफू कतै गएकाबेला छोरीमाथि गिद्धे नजर राख्ने गरेको पीडित बालिकाको आमाले  बताइन् ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ११ : २६ बजे

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन– जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित

मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला