छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका-२ माथिलो चेवा बस्ने ६७ वर्षीय गोपाल भट्टराईलाई अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु २७ ग्राम ६८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 रूपन्देहीको देवदह नगरपालिका-२ ढेकावारस्थित प्रतीक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-२ बस्ने २३ वर्षीय राजेश थापा र सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सीमान्त रायमाझी रहेका छन् । वडा प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ सुनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय श्रावण तिमिल्सेना र २३ वर्षीय अनिल बूढा रहेका  छन् ।

 जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : ४४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय