एकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग « Khabarhub

एकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)र अनेरास्ववियुको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेका छन् । 

उनीहरूले निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचनको सुनिश्चिता गर्नसमेत माग गरेका छन् । उनीहरूले बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन माग गरेका छन् ।

तीन विद्यार्थी संगठनले स्ववियु निर्वाचन अवैधानिक भर्ना र क्याम्पस प्रशासनको चरम लापरवाहीका कारणले यही चैत ५ गते हुन नसकेको बताएका आरोप लगाएका छन् । उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कर्मश क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।  

यस्तै उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस विरगंज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा निर्वाचन गर्न बाँकी छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : ०३ बजे

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक

एजेन्सी– युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार

‘प्राङ्गारिक मलमा अनुदानका लागि सङ्घमा ३५ करोड र प्रदेशमा ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको छु’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप