श्रोत नखुलेको रकमसहित तीन जना प्रक्राउ « Khabarhub

श्रोत नखुलेको रकमसहित तीन जना प्रक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको कविलासी नगरपालिका ८ अगर्वाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नम्बर १० गण सर्लाही जनाएको छ ।

 प्रक्राउ पर्नेमा सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ वर्षिया गान्धी साह सोनार, रूपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ बर्षिय राजेश बाँनिया र भारत घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १९ बस्ने १९ वर्षीय अनिल साह रहेका छन् । 

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरूको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । 

उनीहरूको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो । 

नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ०० बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो