श्रोत नखुलेको रकमसहित तीन जना प्रक्राउ « Khabarhub

श्रोत नखुलेको रकमसहित तीन जना प्रक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको कविलासी नगरपालिका ८ अगर्वाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नम्बर १० गण सर्लाही जनाएको छ ।

 प्रक्राउ पर्नेमा सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ वर्षिया गान्धी साह सोनार, रूपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ बर्षिय राजेश बाँनिया र भारत घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १९ बस्ने १९ वर्षीय अनिल साह रहेका छन् । 

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरूको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । 

उनीहरूको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो । 

नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ०० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर