कोशी प्रदेश सरकारले कार्य मूल्याङ्कन समिति गठन गर्ने « Khabarhub

कोशी प्रदेश सरकारले कार्य मूल्याङ्कन समिति गठन गर्ने


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश सरकारले कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले दुर्गा चापागाईको संयोजकत्वमा कानून, न्याय तथा प्रदेश मामिला समिति र बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति बनाउने समेत निर्णय गरेको छ ।

बैठकले सङ्घबाट हस्तान्तरण भई आएका पूर्वाधार विकासका लागि अपुग रु तीन अर्ब ४८ करोड ३६ लाख ५० हजार केन्द्र सरकारसँग माग गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

सो अवसरमा सरकारले प्रमुख सचिव डा दीपक काफ्लेलाई स्वागत र पूर्वसचिव किशोर चौधरीलाई बिदाइसहित धन्यवाद प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ३८ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?