अफगान शरणर्थीको गतिविधि नियन्त्रण गर्न पाकिस्तानद्वारा नयाँ नीतिको घोषणा « Khabarhub

अफगान शरणर्थीको गतिविधि नियन्त्रण गर्न पाकिस्तानद्वारा नयाँ नीतिको घोषणा


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगान शरणर्थीको गतिविधि नियन्त्रण गर्न पाकिस्तानले नयाँ नीतिको घोषणा गरेको छ । पाकिस्तानले जारी गरेको नयाँ नीतिअनुसार मुलुकमा रहेका अफगान नागरिकले आफ्नो गतिविधिबारे नजिकको प्रहरीलाई जानकारी गराउनु पर्नेछ ।

यस नीतिअनुसार अफगान नागरिकले पाकिस्तानको एक स्थानबाट अर्को स्थानमा जान अनिवार्य रुपमा प्रहरीलाई सूचना दिनुपर्नेछ । अफगानिस्तानको खामा प्रेसका अनुसार यसबाट पाकिस्तानमा रहेका ४ लाखभन्दा धेरै अफगान शरणार्थी प्रभावित हुनेछन् ।

अफगान शरणार्थीको गतिविधिलाई नियन्त्रण गर्नका लागि घोषणा गरिएको नयाँ नीतिबारे पाकिस्तान सरकारले ठोस कारण भने उल्लेख नगरेको जनाइएको छ ।

यसअघि पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मुलुकमा रहेका अफगान शरणर्थीलाई २०२२ को डिसेम्बरसम्म नजिकको प्रहरी चौकीमा आफ्नो विवरण दर्ता गराउन अन्यथा देश छाडेर जान चेतावनी दिएको थियो ।

सन् २०२१ को अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता हजारौँ शरणार्थी पाकिस्तान पुगेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : २८ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी