गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेटिए पनि पहिचान अझै खुलेन | Khabarhub Khabarhub

गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेटिए पनि पहिचान अझै खुलेन


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

बैतडी– पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेटिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो ।  

टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो । उनले भने, ‘टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ । अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ ।’

टाउकोको डीएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइने प्रहरी निरीक्षक जोशीले बताए। उनले भने,’अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमूना संकलन गर्ने र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।’

घटनाबारे अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए। उनले भने, ‘बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ । गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर खोज्दै छौँ ।’ 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ५३ बजे

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा– खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा