घडियाल गोही संरक्षणका लागि काव्य उत्सव | Khabarhub Khabarhub

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नवलपुर– संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो ।

दुई दिनसम्म चल्ने काव्य उत्सवको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । 

पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र संवर्द्धनका विविध आयामलाई समेट्दै देवचुली–१७ को पिप्रहरमा काव्य उत्सव हुन लागेको हो । स्थानीय सञ्चार संस्था ह्याप्पी एफएमले जिल्लाको पर्यटन विकासमा चासो र चिन्ता व्यक्त गर्दै घडियाल काव्य उत्सवको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए । 

पाँच वर्षअघि २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको एफएमले विषयवस्तु र मुद्दालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण गर्न लागेको कडिरयाले बताए । ‘सन् १९७० देखि नै दुर्लभ मानिएको संकटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको हो’, उनले भने । देवचुलीमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा घडियाल काव्य उत्सवलाई विभिन्न विभिन्न नौ चरणमा विभाजन गरिएको छ । 

त्यहाँ घडियाल गोही, नारायणी नदी, चरा पर्यटन, संरक्षण शिक्षा, निकुञ्जको आवश्यकता र बाध्यता, प्रकृति र साहित्यको सम्मिश्रण, देवचुली डाँडाको गौरवका बारेमा छलफल गर्दै काव्य वाचन गरिने छ । जिल्लाको पर्यटन सम्भावनालाई उजागर गरी साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गर्दै संरक्षणमा निरन्तरता दिने काव्य उत्सवको उद्देश्य रहेको छ । 

उत्सवमा ‘संकटमा घडियाल’ ‘लोभदेखि लोपसम्म’ ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’, ‘प्रकृतिसँग साहित्य’ र ‘शिरको गाथा तीरको व्यथा’ शीर्षकमा बहस तथा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ११ : ४० बजे

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा– खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा