आज वातावरण दिवस मनाइँदै | Khabarhub Khabarhub

आज वातावरण दिवस मनाइँदै


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ७ : ०६ बजे

पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू)

काठमाडौं– न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा व्हील लक गरेको

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

चितवन– भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू

काठमाडौं– मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल

पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा