बिहारमा गंगा नदीमा निमार्णाधीन चार लेनको पुल भाँच्चियो « Khabarhub

बिहारमा गंगा नदीमा निमार्णाधीन चार लेनको पुल भाँच्चियो


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

पटना – भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ।

सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो। सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा बढी स्ल्याब गंगा नदीमा खसेको देखिन्छ। यो पुल निर्माणको जिम्मा निजी कम्पनीलाई दिइएको थियो।

गत ३० अप्रिल २०२२ मा यस पुलको पियर नम्बर ४०५ र ६ बीचको सुपर स्ट्रक्चर हावाहुरीले भत्काएको थियो। त्यसबेला पनि यो पुल निर्माण कार्यमा गम्भीर प्रश्न उठेको थियो।

प्राप्त जानकारी अनुसार सुल्तानगञ्जदेखि खगरिया बिच निर्माण भइरहेको यो पुल चार लेनको थियो। निर्माणाधीन यो पुलको सुपर स्ट्रक्चर खोलामा खसेको छ। हालसम्म प्राप्त जानकारी अनुसार यस घटनामा कसैको हताहत भएको जानकारी छैन। पुलको केही भाग खोलामा परेको देखेपछि घटनास्थलबाट केही दूरीमा उभिएका मानिसहरुमा  भागदौड मच्चिएको थियो।

बिहार सरकारले भागलपुरको गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएपछि छानबिन गर्न आदेश दिएको छ। बिहार सरकारले जारी गरेको विज्ञप्तिमा अनुसन्धानका क्रममा पुल भत्किनुको कारण पत्ता लगाउने र दोषी पाइएमा कडा कारबाही गरिने उल्लेख गरिएको छ।

भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएको विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले यस्तो पहिलोपटक नभएको बताएका छन्। उनका अनुसार सन् २०२२ मा पनि आँधीका कारण यसको माथिल्लो भाग खसेको जानकारी दिए।

‘त्यसबेला प्रतिपक्षमा हुँदा पनि हामीले प्रश्न उठाएका थियौं’ उनले भने। सो बेला सरकारले आईआईटी रुर्कीलाई छानबिनको जिम्मा दिएको थियो, जसमा धेरै सुझावहरु पनि दिईएको थियो, सोही सुझावका आधारमा केही निर्माण कार्य भत्काइएको थियो।

सो पुल भत्किए पछि भाजपाले मुख्यमन्त्री नितिश कुमारमाथि हमला सुरु गरेका छन। गंगामाथी भएको पुल भ्रष्टाचारको सिकार परेको भाजपाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : २४ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद