ड्रेस टु इम्प्रेसमा चार डिजाइनर उत्कृष्ट | Khabarhub Khabarhub

ड्रेस टु इम्प्रेसमा चार डिजाइनर उत्कृष्ट


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले राजधानीमा हालै आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस सिजन–८’मा अन्जुमान बानो ‘बेस्ट आउट अफ बेस्ट’ बनेकी छन्। इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्ष पूरा गरेका १ सय ३३ जना डिजाइनरहरुबीच भएको प्रतिस्पर्धामा अन्जुमानसहित चार डिजाइनर उत्कृष्ट भए।

चारवटा थिममा गरिएको प्रतिष्पर्धा अन्तर्गत ‘फाइभ सिजन’मा ममता राई, ‘फाइभ इलिमेन्ट’मा करुणा अर्याल, ‘बोल्ड एसेसरिज’मा दमायन्ती अधिकारी उत्कृष्ट भए। चारैजना विजेताले जनही १५ हजार रुपैंयाँ, बज्र फिटनेस र केज फिटनेसको तर्फबा गिफ्ट ह्याम्पर पाए।

डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्र्धा भएको थियो। डिजाइनिङ र मोडलिङको कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको छ। जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन्।

कार्यक्रममा कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्वमिस नेपाल जेनिशा मोक्तान, उद्यमी कृष्णराज तिमल्सिना र रुपेश प्रधान निर्णायक थिए। आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम हो।

आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरुवात गरिएको प्रबन्धक निर्देशक शेर्पाले बताए। काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्ष अध्यापन गराउँदै आएको छ। अहिलेसम्म आईआईआएफटीबाट हजारौंको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाको भनाइ छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : ५८ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले