वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो  « Khabarhub

वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा यस वर्ष प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग पनि काठमाडौंमा विषेश कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महतोले औपचारिक कार्यक्रम मात्रै गरेर वातावरणको रक्षा गर्न नसकिने बताए । उनले अहिले पनि नेपालमा वातावरण प्रदुषण गर्ने सवारी साधनहरू आयात भइरहेको भन्दै यसलाई रोक्न नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखे । साथै उनले वातावरण जोगाउनका लागि सर्वसाधारणमा जनचेतना आवश्यक रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिकका दिन विश्व वातावरण दिवस मनाइदै आइरहेको छ । प्लास्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  २ : ४६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले