सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गरिने « Khabarhub

सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गरिने


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो । 

अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य सङ्घ रूपन्देहीको त्रिपक्षीय सहमतिमा अस्पतालमा दुई सय शय्या थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।

जापानको ओकायामास्थित एशोसिएसन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष डा शिगेरु सुगानामी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजु, आम्दा नेपालका पूर्वअध्यक्ष डा ऋषिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्यालले अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्  ।

समझदारीअनुसार आम्दा इन्टरनेशनलले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने अस्पतालका अध्यक्षसमेत रहनुभएका बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले तीनपक्षबीच भएको समझदारीले अस्पतालको स्तरोन्नति हुनुका साथै यस क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने बताए । अस्पताललाई स्तरोन्नति गर्नुका साथै मेडिकल कलेजका रुपमा स्थापित गर्नका लागि आवश्यकताअनुसार प्रक्रिया अगाडि बढाउने गरी समझदारी भएको पाण्डेयले बताए। 

‘गत असोजमा आम्दा इन्टरनेशनलका अध्यक्ष डा सुगानामीले अस्पतालको भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले अस्पतालको स्तरोन्नति गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार आम्दा अस्पताललाई विशिष्टीकृत सेवासहितको स्तरीय अस्पताल बनाउने समझदारी गरिएको हो’, उनले भने ।

आम्दा इन्टरनेशनलका अध्यक्ष डा सुगानामीको निमन्त्रणामा जापानको ओकायामा पुगेको टोलीले त्यहाँ सञ्चालित अस्पतालको अवलोकन गर्दै आपसमा अनुभव आदानप्रदान गरेका थिए । अस्पतालको स्तरोन्नति पछि बुटवल क्षेत्रमा विशिष्टीकृत सेवासहितको अस्पतालका रुपमा अम्दा अस्पताल हुने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्वलप्रसाद कसजुले बताए । 

आम्दा, बुटवल उद्योग वाणिज्य सङ्घ र बुटवल उपमहानगरपालिकाको सहकार्यमा विसं २०५३ मा बुटवल उपमहानगरपालिका वडा नं ७ मा ५० शय्याको सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना गरिएको थियो । हाल अस्पतालमा एक सय शय्या छन् । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  २ : ५५ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय