वातावरण प्रदूषण नियन्त्रणका लागि आफैबाट सुरु गरौँ : मन्त्री यादव | Khabarhub Khabarhub

वातावरण प्रदूषण नियन्त्रणका लागि आफैबाट सुरु गरौँ : मन्त्री यादव


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरण मन्त्री डा विरेन्द्रप्रसाद महतोले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैबाट सुरुवात गर्नुपर्ने बताएका छन् । 

विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले आज यहाँ आयोजना गरेको मूलसमारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालयमातहतका निकायमा वातावरणसम्बन्धी काममा दोहोरोपन हुन नहुने उल्लेख गरे । मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री यादवले भने, ‘परिणाम देखिने गरी कार्यदिशा र योजना आजैका मितिदेखि  बनाउनुस् ।’

दक्षिण एसियाका प्रायः मुलुकमा युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको तथ्य उल्लेख गर्दै उनले प्रश्न गरे , ‘नेपालमा अझै पनि युरो–३ स्टाण्डर्डका सवारीसाधन किन आयात भइरहेका छन् ।’

मन्त्री यादवले पुराना र बढी धुँवा फाल्ने सवारीसाधन विस्थापित गर्ने, युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारी आयात हुने गरी एक हप्ताभित्र प्रतिवेदन तयार गर्न विभागलाई निर्देशनसमेत दिए । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थायीकरण गर्दै नेपालमा यसवर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । 

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा वातावरणीय कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष उक्त दिवस मनाउँदै आएको छ । 

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भइसकेको बताए ।  उनले मुलुक संघीयतामा गइसकेको अवस्थामा वातावरणसम्बन्धी विद्यमान ऐन, नियम र नीति परिमार्जनको आवश्यकता औँल्याए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालले प्रकृतिले मानिसलाई धेरै कुरा दिएको भए पनि मानिसकै क्रियाकलापका कारण प्रकृति कुरूप बन्दै गएकाले  सबै सचेत हुनु आवश्यक छ भने । उनले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको पुनःप्रयोगमा जोड दिन आग्रह गरे ।

विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठूलो चुनौतीका रुपमा रहेको र यसको नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट आवश्यक काम गरिरहेको जानकारी गराए । त्रिभुवन विश्वविद्यालयका प्रा डा रेजिना मास्केले प्लास्टिक बिना जीवन चल्न गाहे भइसकेको वर्तमान अवस्थामा प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि प्लास्टिकको पुनप्रयोग पुनःचक्र्रण गरिनुपर्ने बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यस्ता दिवसले जनचेनता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै वातावरण संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा मन्त्री यादवले वायु गुणस्तर प्रतिवेदन, २०२१ पुस्तक विमोचन गरेका थिए । सो अवसरमा वातावरण संरक्षण तथा जनचेतनामूलक सामग्री प्रदर्शन गरिएको थियो ।  

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ३ : ०३ बजे

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?

काठमाडौं– दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र