विराटनगरका सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू हुँदै « Khabarhub

विराटनगरका सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू हुँदै


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । 

महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारित शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताए । उनले अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्त बनाउनु आवश्यक रहेको औँल्याए।

‘शिक्षकहरू पनि समयअनुसार चल्न सिक्नुपर्छ । तीन वटै तहका सरकारबीच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचे जस्तो सफलता प्राप्त हुन नसकेको हो’, उनले भने ।

उपप्रमुख शिल्पा निराला कार्कीले महानगरका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै प्रविधिमा आधारित शिक्षामा जोड दिइरहेको जानकारी दिइन् । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ३ : ३३ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।