इप्पानद्वारा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको स्वागत « Khabarhub

इप्पानद्वारा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको स्वागत


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरूको स्वागत गरेको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले भारत भ्रमणका क्रममा आर्थिक कुटनीतिमा केन्द्रित गरि उर्जा व्यापारको लागि महत्वपूर्ण पहल गरेको भन्दै प्रधानमन्त्रीप्रति आभार प्रकट समेत गरेको छ ।

इप्पानले प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको महसुस भएको भन्दै विगत केही वर्ष देखि रोकिएर रहेका करिब १० हजार ५ सय मेगावट क्षमता भन्दा बढीका आयोजनाहरूको विद्युत् खरिद बिक्री तत्काल खुलाउनका लागि उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनको लागि माग गरेको छ ।

पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्वदेशमा अधिकतम विद्युत खपतका साथै विद्युत व्यापारका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रका विषयमा भारतसँग भएको समझदारीले मुलुकको ऊर्जा उत्पादन र व्यापार बढ्ने विश्वास गर्दै यसमा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ४ : ३८ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक