इप्पानद्वारा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको स्वागत « Khabarhub

इप्पानद्वारा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको स्वागत


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरूको स्वागत गरेको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले भारत भ्रमणका क्रममा आर्थिक कुटनीतिमा केन्द्रित गरि उर्जा व्यापारको लागि महत्वपूर्ण पहल गरेको भन्दै प्रधानमन्त्रीप्रति आभार प्रकट समेत गरेको छ ।

इप्पानले प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको महसुस भएको भन्दै विगत केही वर्ष देखि रोकिएर रहेका करिब १० हजार ५ सय मेगावट क्षमता भन्दा बढीका आयोजनाहरूको विद्युत् खरिद बिक्री तत्काल खुलाउनका लागि उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनको लागि माग गरेको छ ।

पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्वदेशमा अधिकतम विद्युत खपतका साथै विद्युत व्यापारका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रका विषयमा भारतसँग भएको समझदारीले मुलुकको ऊर्जा उत्पादन र व्यापार बढ्ने विश्वास गर्दै यसमा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ४ : ३८ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले