लिबियाका भूतपूर्व नेता गद्दाफीका छोरा आमरण अनशनमा « Khabarhub

लिबियाका भूतपूर्व नेता गद्दाफीका छोरा आमरण अनशनमा


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेरुत-  उत्तर अफ्रिकी मुलुक लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ हिरासतमा राखेको विरोधमा आमरण अनशन सुरु गरेका छन् ।

आफूलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफूलाई कुनै मुद्दामाथि सुनुवाइ नगरिएको भन्दै उनले आमरण अनशन सुरु गरेको उनका वकिलले बताएका छन् ।

सन् २०१५ मा सिरियाबाट अपहरणमा परेका गद्दाफी सन् २०१५ देखि लेबनानको जेलमा रहेका छन् । करिब ४५ वर्षअघि लिबियामा बेपत्ता भएका एक शिया धर्मगुरुको अवस्थाबारे जानकारी माग्दै लेबनानी लडाकुले उनलाई अपहरण गरेका थिए ।

गद्दाफीलाई पछि लेबनानी अधिकारीहरूले नियन्त्रणमा लिएका थिए र बिना कुनै सुनुवाइ राजधानी बेरुतको जेलमा राखिएको थियो ।

अधिवक्ता पल रोमानोसले बताएअनुसार उनका सेवाग्राही गद्दाफीले शनिबार बिहान भोक हडताल सुरु गरेका हुन् । उनले आन्दोलन अन्त्यसम्म जारी राख्ने बताएको रोमानोसले बताए ।

अधिवक्ता रोमानोसले यस मामिलामा सञ्चारमाध्यमसँग विस्तृत विवरण राख्ने अधिकार नभएको भन्दै थप कुरा नगर्ने बताए । यद्यपि, गद्दाफीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अवस्थाको वर्णन गरेका छन् ।

लेबनानी महिलासँग विवाह गरेका गद्दाफीको विज्ञप्तिमा भनिएको छ, “यतिका वर्षसम्म निष्पक्ष सुनुवाइ बिना नै राजनीतिक बन्दीलाई कसरी राख्न सकिन्छ ?’’

लिबियाली नागरिक रहेका गद्दाफिले आफू भोक हडतालमा रहेको र आफूविरूद्ध अन्यायपूर्ण व्यवहार गर्नेहरू नै नतिजाका लागि जिम्मेवार हुने बताएका छन् । उनले ‘वर्तमान (शासक) राजनीतिज्ञहरूको हातबाट कानूनलाई मुक्त गर्ने समय आएको’ बताए ।

रोमानोसका अनुसार आफ्ना सेवाग्राहीलाई वर्षौंसम्म सानो कोठामा हिँडडुल गर्न वा व्यायाम गर्न पनि नमिल्ने गरी राख्दा ढाड दुख्ने समस्या भएको छ ।

सन् १९७८ मा लेबनानका प्रमुख शिया धर्मगुरु मौसा अल–सदर बेपत्ता हुनु लेबनानमा लामो समयदेखि पीडादायी विषय बनेको छ । धर्मगुरुको परिवारले उनले अझै पनि लिबियाको जेलमा जीवितै रहेको हुनसक्ने विश्वास गरेका छन्, यद्यपि अधिकांश लेबनानीहरूले अल–सदरको मृत्यु भएको अनुमान गरेका छन् । उनी जीवितै रहेमा उनी अहिले ९४ वर्ष पुग्नेछन् ।

अल–सदर एक शिया राजनीतिक र सैन्य समूहका संस्थापक थिए र उनले १९७५ मा सुरु भएको लामो लेबनानी गृहयुद्धमा भाग लिएका थियो ।

इरानको पवित्र शहर कोममा जन्मिएका अल–सदर सन् १९५९ मा लेबनानको दक्षिणी बन्दरगाह शहर टायरमा शियाहरूको अधिकारका लागि काम गर्न आएका थिए ।

सन् १९७४ मा लेबनानको १५ वर्षे गृहयुद्ध सुरु हुनुभन्दा एक वर्ष अघि अल–सदरले ‘मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना गरेका थिए । जसले हजारौं अनुयायीहरूलाई आकर्षित गरेको थियो ।

‘मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना भएको अर्को वर्ष उनले अमाल नामक सैन्य एकाईको स्थापना गरेका थिए । अमालको अर्थ अरबी भाषामा ‘आशा’ हो र यही नामको लडाकू समूहको नाममा उनको समूह लेबनानको गृहयुद्धमा लडेको थियो । यस समूहको नेतृत्व लेबनानको शक्तिशाली संसदका सभामुख नाबिह बेरीले गरिरहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ५ : ०६ बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य