राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको व्यहोरा जानकारी गराएका हुन्। संविधानसभा सदस्य टिवडेवाल २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।

उनको हेम्स अस्पताल, धुम्बाराहीमा उपचारको क्रममा २०७९ साल चैत २२ गते बुधबार निधन भएको थियो । बैठकले टिवडेवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते ११ बजेर ११ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ५ : ३७ बजे

स्याउखेतीमा कर्म गुरुङको छलाङ

मुस्ताङ– व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना

बाढीमा हराएका आफन्त खोन्न भौतारिदै परिवार, डीएनए अन्तिम आशा

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना

बाढीमा मृतक र बेपत्ता सशस्त्रका परिवारलाई भेटे महानिरीक्षक पौडेलले

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा

भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२सय बढीको मृत्यु

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो