जबरजस्ती धर्म परिवर्तन गराउनुहुँदैन : मन्त्री आचार्य | Khabarhub Khabarhub

जबरजस्ती धर्म परिवर्तन गराउनुहुँदैन : मन्त्री आचार्य


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबरजस्ती धर्म परिवर्तन गराउन नपाउने बताएका छन् ।

ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्यशालामा उनले राज्यको धर्म नभएको र धार्मिक स्वतन्त्रताको निम्ति राज्य सधैँ गम्भीर रहेको बताए । ट्रान्सफर्म फाउण्डेशन नेपाल, नेपाल ख्रीष्टियन समाज र एनसिएफले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले भने , ‘ख्रीष्टियन समाज कल्यान परिषद्मा दर्ता भएको गैरसरकारी संस्था भएका कारणले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र समाजमा दुःखमा परेकालाई निरन्तर सहयोग गरिरहेको छ ।’

सांसद गंगा कार्कीले राज्यको कुनै पनि धर्म नभएमा सबै धर्मलाई एउटै दृष्टिले हेर्न सक्ने बताए। उनले भने, ‘विभिन्न धर्ममा राम्रा कुरासँगै विकृति पनि छन् ।’ सांसद प्रकाश पन्तले कुनै पनि व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने र एउटाले अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने बताए । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ७ : ४६ बजे

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी

सेवा विस्तार गर्दै जीपी कोइराला अस्पताल

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा

काठमाडौं– उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड