ह्याकरले रुसका रेडियो स्टेशनबाट पुटिनको नक्कली भाषण बजाएपछि… « Khabarhub

ह्याकरले रुसका रेडियो स्टेशनबाट पुटिनको नक्कली भाषण बजाएपछि…


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसका रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । युक्रेनले यस्ता गतिविधिहरूले लामो अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ ।

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ ।

‘यो वास्तवमै ह्याक थियो’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सरकारी एजेन्सी रिया नोभेस्तीसँगको कुराकानीमा बताएका छन् । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ ।

एमआरआइ रेडियो स्टेशनले ह्याकिंगलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ७ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार