प्रचण्डको भारत भ्रमण : द्विपक्षीय सम्बन्धलाई अघि बढाउन नयाँ पहल « Khabarhub

प्रचण्डको भारत भ्रमण : द्विपक्षीय सम्बन्धलाई अघि बढाउन नयाँ पहल


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र भारतका नेताहरु एकले अर्को मुलुकको भ्रमण गर्नुलाई सधैँ चासो र गम्भीरतापूर्वक हेरिन्छ । दुई मुलुकबीच जनस्तरको सम्बन्ध सभ्यता, सामाजिक–धार्मिक र आर्थिक आधारमा स्थापित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै आफ्नो चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्केका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चार दर्जन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत भ्रमणमा गएका थिए । उनको भारत भ्रमणका क्रममा त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरी उनले महत्वपूर्ण सहमति र सम्झौतामासमेत हस्ताक्षर गरे ।

प्रधानमन्त्री बनेयताको आफ्नो पहिलो विदेश भ्रमणका रुपमा उनी भारत पुगेका हुन् । यसअघिको आफ्नो कार्यकालमा उनले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा चीनको यात्रा गरेका थिए । तर, चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईका कारण श्रीलंका, पाकिस्तानजस्ता मुलुकमा देखा परेको आर्थिक संकटबाट पाठ सिक्दै नेपालले बीआरआईमा आफ्नो संलग्नतालाई कम गर्दै आएको छ ।

पछिल्लो समय भ्रष्टाचार प्रकरण र अन्य घरेलु राजनीतिक कारणले गर्दा प्रचण्डको भारत भ्रमण पटक पटक पछि सर्दै गएको थियो । भारतमा रहँदा उनले त्यहाँका व्यापारिक प्रतिनिधिसँग भेटवार्ता गर्नुका साथै मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गरेका थिए ।

भारत भ्रमणमा जानुअघि उनले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरुका साथै विभिन्न पार्टीका नेताहरुसँग छलफल पनि गरेका थिए । प्रचण्डको भारत भ्रमणका क्रममा हवाई रुटबारे पनि कुराकानी हुने अपेक्षा गरिएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे छलफल भएको थियो । त्यस अवसरमा विद्युत व्यापार, पारवहन तथा यातायातजस्ता विषयमा पनि छलफल गरिएको थियो । भारतसँग दीर्घकालीन विद्युत व्यापार सम्झौता तथा बंगलादेशमा विद्युत निर्यातका लागि आवश्यक बाटोबारेपनि नेपालले भारतसमक्ष आग्रह गरेको थियो ।

त्यसबाहेक बिराटनगरसम्म रेलमार्गको पहुँच, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन, भारतमा नेपाल टेलिभिजनको प्रसारणजस्ता विषयमा पनि, अन्तरदेशीय प्रसारण लाइन, नेपालमा रासायनिक मलको आपूर्तिबारे पनि प्रचण्डको भारत भ्रमणमा छलफल भएको थियो । त्यसबाहेक सीमा विवादबारे पनि कुराकानी भएको थियो ।

प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले काठमाडौँ पोस्टलाई बताएअनुसार प्रचण्डको भारत भ्रमण दुई मुलुकबीचको सम्बन्धलाई पुनःस्थापित गर्नु हो । धेरै समय लाग्ने भएकाले सीमा विवाद तत्कालै समाधान नहुने उनको ठम्याइ छ । दीर्घकालीन ऊर्जा व्यापार र बंगलादेशमा विद्युत निर्यातजस्ता आर्थिक सम्झौताले मुलुकको आयातमाथिको चापमा केही सहज हुने उनको अपेक्षा छ ।

यता द प्रिन्टकी सम्पादक ज्योति मल्होत्रा भने भारत भ्रमणबाट प्रचण्डले आफ्नो शक्तिलाई सुदृढीकरण गरेको रुपमा विश्लेषण गर्छिन् ।

उनको बुझाइमा केपी शर्मा ओलीलाई विश्वास नगर्ने भारतले यसपटक प्रचण्डलाई समर्थन गरेको छ । भुटान र नेपालजस्ता हिमाली क्षेत्रसहित दक्षिण एसियामा चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको अवस्थामा नयाँ दिल्ली नेपालमा स्थीरता चाहन्छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ६ : ५६ बजे

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

कीर्तिपुर मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ– नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको