अवैध औषधिसहित भारतीय नागरिक पक्राउ « Khabarhub

अवैध औषधिसहित भारतीय नागरिक पक्राउ


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

धनुषा– सशस्त्र प्रहरीले २५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधि बोकेको कारसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका– १२ बाह्रबिगाहाबाट करिब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित २९ वर्षीय भारतीय नागरिक मो. इकवाललाई नियन्त्रणमा लिएको हो ।

बीआर ३२ एक्यू १२०२ नम्बरको कारमा औषधि लिएर भारतबाट नेपाल प्रवेश गरेका उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामबाट खटिएको सशस्त्र प्रहरीको टोलीले  नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको कारसहितको औषधि र इकवाललाई आवश्यक कारबाहीका लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाइएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ११ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन