अवैध औषधिसहित भारतीय नागरिक पक्राउ « Khabarhub

अवैध औषधिसहित भारतीय नागरिक पक्राउ


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

धनुषा– सशस्त्र प्रहरीले २५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधि बोकेको कारसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका– १२ बाह्रबिगाहाबाट करिब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित २९ वर्षीय भारतीय नागरिक मो. इकवाललाई नियन्त्रणमा लिएको हो ।

बीआर ३२ एक्यू १२०२ नम्बरको कारमा औषधि लिएर भारतबाट नेपाल प्रवेश गरेका उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामबाट खटिएको सशस्त्र प्रहरीको टोलीले  नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको कारसहितको औषधि र इकवाललाई आवश्यक कारबाहीका लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाइएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ११ : ५३ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो