दाङको गढवा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा « Khabarhub

दाङको गढवा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको घोषणा गरेका हुन् ।

उनले खोप कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका सबै बालबालिकाले खोप अनिवार्य लगाउनुपर्ने नेपाल सरकारको लक्ष्यअनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित घोषणा र प्रमाणिकरण गर्ने कार्य अभियानकै रुपमा अगाडि बढाइरहेको बताए ।

सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलले बताए ।

खोप कार्यक्रम स्वास्थ्य क्षेत्रको सबैभन्दा सफल कार्यक्रम भएकाले कुनैपनि बालबालिका नछुट्ने गरी आगामी वर्षहरुमा सुक्ष्म ढङ्गले अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड छ ।

उक्त गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका बालबालिकाको सङ्ख्या पाँच सय ७७ र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिका एक हजार चार सय ६३ रहेकामा खोप अभियानमा तीन जना मात्र रोजगारको सिलसिलामा अभिभावकले बालबच्चा लिएर इँट्टाभट्टामा काम गर्न जाने गरेकाले खोप लगाउनबाट बञ्चित भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत किशोर आचार्यले पूर्णखोप गाउँपालिका घोषणा गर्न गरिएका अभियानका विभिन्न चरणहरुबारे जानकारी गराएका थिए ।

जिल्ला खोप समन्वय समिति सदस्य जुनुकुमारी बुढा, गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलगायतले खोपका विविध विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १२ : ४४ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको