बाँकेमा १५ प्रतिशत धान रोपाइँ « Khabarhub

बाँकेमा १५ प्रतिशत धान रोपाइँ


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- वर्षा सुरु भएसँँगै बाँकेका किसान खेतीपातीमा जुटेका छन् । केही दिनदेखि पर्न थालेको पानीले धानको बीउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन् । बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

यहाँ अहिलेसम्म १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले बताए । उनका अनुसार जिल्लाका केही स्थानमा बोरिङबाट सिँचाइ गरी १५ प्रतिशतसम्म किसानले रोपाइँ गरेका हुन् ।

“पर्याप्त वर्षा नभएका कारण आकाशे पानीको भरमा रहेका किसानले रोपाइँ ढिलो सुरु भएको छ”, कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भने, “सिँचाइ सुविधा पुगेको ठाउँमा केही किसानले मात्रै रोपाइँ सुरु गरेका छन् ।” उनले रोपाइँका लागि अझै समय रहेको भन्दै किसानलाई नआत्तिन आग्रह गरे । साउनमा रोपाइँ गरे पनि उत्पादन हुने उनको भनाइ छ ।

आकाशे पानीको भरमा रहेका यहाँका किसानले पानी परेपछि अहिले धमाधम धानको बीउ राख्न थालेका छन् । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधाको अभावमा समयमा रोपाइँ गर्न नसकिएको बाँकेको डुडुवा गाउँपालिका–२ का किसान वृजमोहन गुप्ता बताउँछन् । समयमै पानी नपरेपछि किसानले बोरिङबाट धानको बीउ राख्ने गरेका छन् ।

थोरै क्षेत्रफलमा रोपाइँ गर्ने किसानले बोरिङको प्रयोगबाट नै रोपाइँ गर्छन् । ठूलो क्षेत्रफलमा रोपाइँका लागि आकाशे पानीको विकल्प छैन ।  सिँचाइ र मलको अभावमा यहाँका किसानले समयमा धान रोपाइँ गर्न नसकेको किसान अगुवा डुडुवाका राधेश्याम वर्माले बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ०६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि